थप १६६९ जनामा कोरोना, सक्रिय संक्रमितको संख्या घट्दै १९ हजार ९६३ जना « Arthapath.com
७ मंसिर २०७७, आईतवार

थप १६६९ जनामा कोरोना, सक्रिय संक्रमितको संख्या घट्दै १९ हजार ९६३ जना



काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १ हजार ६ सय ६९ जना कोरोना संक्रमित थपिएका छन् । यो सहित कुल संक्रमितको संख्या २ लाख २० हजार ३ सय ८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ५ हजार ६ सय ९९ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या १ लाख ९९ हजार २४ पुगेको छ ।

त्यस्तै, सक्रिय कोरोना संक्रमितको संख्या दैनिक कम हुँदै गएको छ । नेपालमा हाल १९ हजार ९ सय ६३ जना सक्रिय संक्रमित छन् । आज देशभर १६ जना संक्रमितको मृत्यु भएको छ । अहिलेसम्म १ हजार ३ सय २१ जना संक्रमितको मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा ८ हजार ३२ जनाको पिसिआर परीक्षण भएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ९५७ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ७३३, ललितपुरमा १३१ र भक्तपुरमा ५३ जनालाई कोरोना संक्रमण देखिएको छ।


प्रतिक्रिया दिनुहोस्