सरकारको यी ४ ल्याबलाई डण्डा, २४ घण्टाभित्र स्पष्टीकरण माग « Arthapath.com
७ मंसिर २०७७, आईतवार

सरकारको यी ४ ल्याबलाई डण्डा, २४ घण्टाभित्र स्पष्टीकरण माग



काठमाडौं । २४ घण्टाभित्र स्पष्टिकरण दिन २४ विभिन्न ४ ल्याब कम्पनीलाई स्वास्थ्य मन्त्रालयले कडा निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्टार अस्पताल, सेन्ट्रल डाइनोस्टिक ल्याबोटरी, सूर्या हेल्थ केयर र ह्याम्स अस्पताललाई २४ घण्टाभित्र स्पष्टीकरण सोधेको हो ।

कोभिड १९ को पिसिआर परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएको १ महिना र पोजिटिभ रिपोर्ट आएमा ३ महिनासम्म नमुना स्टोर गरेर राख्ने कार्य नगरेकोले यी अस्पताललाई स्पष्टीकरण सोधेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यी अस्पतालमा पिसिआर जाँच गरी नेगेटिभ रिपोर्ट आएपछि हङकङ, दुबई र जापान गएका व्यक्ति सम्बन्धित देशमा जाँच गर्दा पिसिआर जाँच पोजेटिभ आएको भन्दै पर्यटन मन्त्रालयले स्वास्थ्य मन्त्रालयलाई पत्राचार गरेको थियो । उक्त पत्र आएपछि स्वास्थ्य मन्त्रालयले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका निर्देशकको नेतृत्वमा छानविन समिति गठन गरेको थियो । उक्त समितिले दिएको प्रतिवेदनको आधारमा ती अस्पताललाई स्पटीकरण सोधिएको हो ।


प्रतिक्रिया दिनुहोस्