राष्ट्र बैंक करिव १५ अर्बको ट्रेजरी बिल बिक्री गर्दै « Arthapath.com
७ मंसिर २०७७, आईतवार

राष्ट्र बैंक करिव १५ अर्बको ट्रेजरी बिल बिक्री गर्दै



काठमाडौं । नेपाल राष्ट्र बैंकले १५ अर्बको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । नेपाल राष्ट्र बैंकले सोमबार १४ अर्ब ८१ करोड ३२ लाख बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको हो ।

बोलकबोल प्रक्रियाका माध्यमबाट ट्रेजरी बिल बिक्री गर्ने बैंकले जनाएको छ । राष्ट्र बैंकले सबै ट्रेजरी बिल नवीकरणका लागि बोलपत्र आह्वान गरेको छ । त्यसमा कूल २ अर्ब २३ करोड ३२ लाख ९१ दिने अवधिको हो । यस्तै १२ अर्ब ४७ करोड कूल १८२ दिनका लागि र ११ करोड भने कूल ३६४ दिनका लागि बिक्री गर्न लागिएको छ ।


प्रतिक्रिया दिनुहोस्