सरकारको कडा एक्सन ३१५ फर्मलाई कारवाही, २८ को कारोबार रोक्का
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा वाणिज्य विभागले काठमाडौं उपत्यकामा १ हजार ७१ वटा फर्महरुमा अनुगमन गरेको छ । अनुगमन क्रममा गैर व्यवसायिक क्रियाकलाप गर्ने ३ सय १५ फर्मलाई जरिवाना र २८ फर्मको कारोबार रोक्का गरिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ ।
तइस्तै, जरिवानामा परेका र्फमहरुबाट १ करोड १८ लाख ७४ हजार रुपैयाँ राजश्व संकलन भएको विभागले बताएको छ । पहिलो त्रैमासमा ५ वटा फर्महरुलाई मुद्दा चलाइएको र ६० लाख ५६ हजार रुपैयाँ बराबरको खान अयोग्य वस्तु नष्ट गरिएको छ ।
इलेक्ट्रोनिक्स सामान, कपडा पसल, खाद्य तथा किराना, डिपार्टमेन्टल स्टोर, खसीबोका बिक्री, तरकारी, मासु, तरकारी, मदिरा, मिठाई, हार्डवेयर लगायतका पसलमा अनुगमन गरिएको विभागले जनाएको छ ।