धेरै कर तिर्ने व्यक्ति विजयकुमार शाह, कम्पनीमा सूर्य नेपाल, अरु कसको कति ?
काठमडौं । आन्तरिक राजस्व विभागले गत आर्थिक वर्षमा सबैभन्दा बढी कर तिर्ने करदाताको नामावली सार्वजनिक गरेको छ । सरकारले विभिन्न क्षेत्रका करदातालाई कर दिवसको दिन प्रत्येक बर्ष सम्मान गर्दै आएको छ ।
व्यक्तिगततर्फ सबैभन्दा बढी कर तिर्नेमा व्यवसायी विजयकुमार शाह रहेका छन् । मदिरा उद्योगको क्षेत्रमा सबैभन्दा स्थापित उद्योग शाहको लगानीमा जावलाखेल डिस्टिलरी, हिमालयन डिस्टिलरी, राज ब्रुअरी, एसियन डिस्टिलरी र विजय डिस्टिलरी संचालनमा छन् ।
यस्तै, सबैभन्दा बढी कर तिर्ने कम्पनीमा सूर्य नेपाल प्रालि रहेको छ । सूर्य नेपाल प्रालिले चुरोट लगायत बस्तु उत्पादन र विक्री गर्ने गर्छ । बहुराष्ट्रिय कम्पनी सूर्य नेपालले गत आर्थिक वर्ष ५ अर्ब ३१ करोड रुपैयाँ आयकर तिरेको थियो भने ३ अर्ब ८७ करोड रुपैयाँ मूल्य अभिबृद्धि कर (भ्याट) संकलन गरेर सरकारलाई बुझाएको थियो ।
सबैभन्दा बढी कर तिर्ने करदाताहरूः