बीबीसीको प्रभावशाली ‘सयमहिला-२०२०’ को सूचीमा नेपालकी सपना « Arthapath.com
९ मंसिर २०७७, मंगलवार

बीबीसीको प्रभावशाली ‘सयमहिला-२०२०’ को सूचीमा नेपालकी सपना



काठमाडौं । अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीको विश्वका एक सय प्रभावकारी तथा प्रेरणादायी महिलाको सूचीमा नेपालकी सपना रोका मगर परेकि छीन् । बीबीसीको उक्त सूचीमा फिनल्याण्डमा गठबन्धन सरकारको नेतृत्व गरेकि सान मरिन सबैभन्दा शीर्ष स्थानमा रहेकी छिन् । त्यसैगरी, अक्सफोर्ड विश्वविद्यालयमा कोरोनाभाइरस विरुद्धको खोप अनुसन्धान गर्ने सरह गिलबर्ट समेत उक्त सूचीमा छिन् ।

३ महिनासम्म घरवारविहीन बन्न पुगेकी सपनाले काठमाडौंको यात्रा गरिन । काठमाडौंको पशुपति आर्यघाटमा दाबी नगरिएको शव ब्यवस्थापन गर्ने एक संगठनमा उनी हुन पुगिन् । कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको शव नेपाली सेनाले ब्यवस्थापन गर्दै आएको छ । सपना आबद्ध संस्थाले सनाखत हुन नसकेको बेवारिसे शवलाई अस्पताल पुर्याएर पोष्टमार्टम गराउँछ । ३५ दिनसम्म कुनै ब्यक्तिले उक्त शवमाथि दाबी नगरेको अवस्थामा सपना आबद्ध संस्थाले धार्मिक परम्परा अनुसार सदगद् गर्दै आएको छ ।

दागबत्ती दिने कामदेखि प्राबिधिक काममा सपना प्रत्यक्ष संलग्न हुँदै आएकी छिन् । सपनाले आफैं पनि सडकमा बेवारिशे जीवन ब्यतित गरेकि हुन् । सडकबाट उद्धार गरी सामाजिक सेवाका लागि प्रेरित गर्ने बिनयबाबु बस्नेतसँगै मिलेर उनले समाज सेवामा समर्पित भएकी हुन् । सपना र विनयले हालसम्म कम्तीमा तीन सयभन्दा बढी शवको धार्मिक परम्परा अनुसार अन्त्येष्टि गरेका छन् । बीबीसी एक सय प्रभावशाली महिलाको सूचीमा परेपछि उहाँले आफ्नो सामाजिक सञ्जालमा सबैप्रति आभार ब्यक्त गरेकी छिन् ।
जीवन कठिन परिस्थिति र अशान्तमय बनेको अवस्थामा पनि अरुभन्दा फरक गरेर समाजमा परिवर्तन ल्याउने महिलालाई विश्वबाट खोज गरिन्छ र वार्षिक रुपमा त्यस्ता एक सय महिलाको सूची बीबीसीले सार्वजनिक गर्दै आएको छ । बीबीसीको उक्त सूचीमा एकजना महिलाको स्थान रिक्त राखिएको छ । बीबीसीको अनलाइन संस्करणले लेखेको छ, “असाधारण वर्षमा अरुलाई सहयोग गर्दागर्दै अनगन्ती महिलाले त्याग गरेको हुनसक्छ, श्रद्धाञ्जली स्वरुप एकजनाको नाममा एक स्थान रिक्त राखिएको छ । ”


प्रतिक्रिया दिनुहोस्