एनआईसी एशिया डाइनामिक डेब्ट फण्डको इकाई बिक्रि खोलिने « Arthapath.com
९ मंसिर २०७७, मंगलवार

एनआईसी एशिया डाइनामिक डेब्ट फण्डको इकाई बिक्रि खोलिने



काठमाडौं । एनआइसी एशिया डाइनमिक डेब्ट फण्ड मंसिर १२ गतेदेखि विक्री खुला हुने भएको छ । उक्त योजनाले ५ करोड इकाई निष्काशन गर्न लागेको हो । जसमध्ये ७५ लाख इकाई कोष प्रबद्र्धक एनआईसी बैंकले सुरक्षित गरी बाँकी रहेको ४ करोड २५ लाखमध्ये प्रथम चरणमा १ करोड २५ लाख ईकाई विक्री हुन लागेको हो ।यो खुलामुखी योजना छिटोमा मंसिर १६ र उक्त अवधिमा बिक्रि नभएको खण्डमा मंसिर २६ गते सम्म आवेदकले आवेदन गर्न सक्नेछन् ।

आवेदकले प्रतिइकाई १० रुपैयाँका दरले न्यूनतम १०० इकाई र अधिकतम ५० लाख इकाई सम्मका लागि आवेदन गर्न सक्नेछन् । योजनाले निष्काशन गर्न लागेको इकाईलाई इक्रा नेपालले इक्राएनपी बिबिबि प्लस रेटिङ प्रदान गरेको छ ।


प्रतिक्रिया दिनुहोस्