थप १७९० जनामा कोरोना संक्रमण, २७९१ जना संक्रमणमुक्त, २४ जनाको मृत्यु « Arthapath.com
९ मंसिर २०७७, मंगलवार

थप १७९० जनामा कोरोना संक्रमण, २७९१ जना संक्रमणमुक्त, २४ जनाको मृत्यु



काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १७९० जना कोरोना संक्रमित थपिएका छन् । यो सहित नेपालमा जम्मा कोरोना संक्रमितको संख्या २ लाख २४ हजार ७८ पुगेको छ । त्यस्तै, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर २ हजार ७ सय ९१ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या २ लाख ४ हजार ५८ पुगेको छ ।

त्यस्तै, मंगलबार देशभर १७ हजार ८ सय ५९ जना सक्रिय संक्रमित रहेका छन् । त्यस्तै, मंगलबार देशभर २४ जना संक्रमितको मृत्यु भएको छ । अहिलेसम्म १ हजार ३ सय ६१ जना संक्रमितको मृत्यु भइसकेको छ ।


प्रतिक्रिया दिनुहोस्