काठमाडौं उपत्यकामा कोरोना संक्रमितको तथ्याङ्क कस्तो छ ? « Arthapath.com
९ मंसिर २०७७, मंगलवार

काठमाडौं उपत्यकामा कोरोना संक्रमितको तथ्याङ्क कस्तो छ ?



काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ९४७ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै उपत्यकामा १ लाख ४ हजार ६८२ जना व्यक्ति संक्रमित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ६९२, ललितपुरमा १९० र भक्तपुरमा ६५ जनालाई कोरोना संक्रमण देखिएको छ ।

हालसम्म काठमडौंमा मात्र ८४ हजार ५१७ जना संक्रमित भएका छन् । जसमध्ये ३३१ जनाको मृत्यु भएको छ। निको हुनेको संख्या ७६ हजार ४४२ छ । ललितपुरमा १२ हजार ५७७ जना संक्रमित भएका छन्। जसमा ९१ जना संक्रमितको मृत्यु भएको छ भने १० हजार ८९७ जना निको भएका छन् ।

भक्तपुरमा ७ हजार ५८८ संक्रमितमध्ये ८७ जनाको मृत्यु भएको छ भने हालसम्म ६ हजार ८९३ जना निको भइसकेका छन् । काठमाडौंमा ७ हजार ७४४, ललितपुरमा १ हजार ५८९ र भक्तपुरमा ६०८ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्