बैतडीमा जिप दुर्घटना हुँदा ५ को मृत्यु, ४ जना घाइते « Arthapath.com
९ मंसिर २०७७, मंगलवार

बैतडीमा जिप दुर्घटना हुँदा ५ को मृत्यु, ४ जना घाइते



काठमाडौं । बैतडीमा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् । भारतीय सीमावर्ती क्षेत्र झुलाघाटबाट गोठलापानीतर्फ जाँदै गरेको गरेको ना १ ज २१९६ नम्बरको जिप दशरथचन्द नगरपालिका १० पुट्कामा दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।

दुर्घटनामा दशरथचन्द नगरपालिकाकी ७५ वर्षकी पावर्ती चन्द, ७० बर्षकी पावर्ती चन्द, ७७ वर्षका भागिरथ पाण्डेय, ५८ वर्षीय कृष्ण लावड र सुर्नया गाउँपालिकाकी ७५ बर्षकी कलावती चन्दको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यसैगरी घाइते हुनेमा दशरथचन्द–९ बस्ने वर्ष ४६ का खगेन्द्रप्रसाद जोशी, दोगडाकेदार गाउँपालिका– ६ बस्ने वर्ष ५० का कृष्णानन्द भट्ट, दशरथचन्द नगरपालिका–२ देहिमाण्डौं बस्ने वर्ष २२ का प्रदीप लावड, दशरथचन्द–५ बस्ने वर्ष ३५ का रवीन्द्र चन्द, जीप चालक दशरथचन्द–४ बस्ने वर्ष ३५ का गोपालसिंह कार्की रहेका छन् ।

पेन्सन लिएर भारतबाट फर्किदा जिप मंगलबार दिउँसो १ बजे दुर्घटनामा परेको हो । जिपमा ९ जना सवार थिए । घाइते ४ जनालाई उपचारका लागि जिल्ला अस्पताल बैतडीमा लगिएको छ ।


प्रतिक्रिया दिनुहोस्