सर्वोच्चबाट सुधीर बस्नेतको पक्षमा अन्तरिम आदेश « Arthapath.com
९ मंसिर २०७७, मंगलवार

सर्वोच्चबाट सुधीर बस्नेतको पक्षमा अन्तरिम आदेश



काठमाडौं । सुधीर बस्नेतको पक्षमा सर्वोच्चबाट अन्तरिम आदेश जारी आएको छ । नेपाल राष्ट्र बैंकसहित केही बैंकविरुद्धको रिटमा सर्वोच्च अदालतले व्यवसायी सुधीर बस्नेतको पक्षमा अन्तरिम आदेश जारी गरेको छ । मंगलबार न्यायाधीश पुरुषोत्तम भण्डारीको इजलासले बस्नेतको पक्षमा अन्तरिम आदेश दिएको हो ।

बस्नेतले एक बैंकले लिलामी गरेको धापासीको आफ्नो जग्गाको लिलामी बदरको माग गर्दै रिट दिएका थिए । धापासीस्थित जग्गा धितो राखेर बस्नेतको ओरियन्टल सहकारीले एउटा वाणिज्य बैंकबाट ऋण निकालेको थियो । कर्जा सम्झौता अनुसार ऋण तिर्न नसकेपछि बैंकले बस्नेतको धापासीस्थित धितो राखेको जग्गा लिलामीमा गरेको थियो ।

लिलामीको सूचना निकाल्दा पनि धापासीको जग्गा बिक्री नभएपछि बैंक आफैंले स्विकारेको थियो । अहिले त्यस जग्गामा बैंकले संरचनासमेत बनाएको छ । सर्वोच्चले मंगलबार दिएको अन्तरिम आदेशको लिखित रुप भने सार्वजनिक भएको छैन ।

घरजग्गा व्यवसायी बस्नेतले बैंकहरुले लिलामी गरेको सम्पत्ति फिर्ता ल्याउन माग राख्दै सर्बोच्च अदालतमा मुुद्धा हालेका थिए । उनले नियामक निकाय नेपाल राष्ट्र बैंकलाई पनि विपक्षी बनाएका थिए । अदालतको यस्तो अन्तरिम आदेशसँगै लिलामी गरेर बैंकहरुले भोगचलन गरेको सम्पत्ति फिर्ता गर्नुपर्ने अवस्था सिर्जना भएको छ । तर, राष्ट्र बैंक र बैंकहरुले अदालतको यो आदेश खारेजीको माग गर्दै सर्बोच्चमै भ्याकेट हाल्न सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्