घुस लिएको आरोपमा २ जना विरुद्ध मुद्धा दायर

काठमाडौं । घूस लिएको अभियोगमा पक्राउ परेका मोहनलाल ढकालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा चलाएको छ । उनले सेवाग्राहीसँग १० हजार रुपैयाँ घूस लिएको अवस्थमा नियन्त्रणमा परेका थिए ।
करदाता सेवा कार्यालय इलामको कर्मचारी बताउँदै फर्मको स्थायी लेखा नम्बर लिन दर्ता प्रक्रिया मिलाइदिने भनी सेवाग्राहीसँग घुस मागेको आरोपमा लागेको छ । ढकालकाविरुद्ध मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
त्यस्तै, आयोगले मंगलबार वन रक्षकविरुद्ध १२ हजार रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार मुद्दा चलाएको छ । आयोगले सैनामैना सवडिभिजन वन कार्यालय, रूपन्देहीमा वन रक्षक प्रेमचन्द्र विश्वकर्मा घुस लिई भ्रष्टाचार गरेको अभियोगमा मंगलबार विशेष अदालतमा मुद्दा चलाएको हो ।
पुर्जीवाला चिरान काठ ओसार–पसार गर्न सहयोग गरेबापत सेवाग्राहीसँग घुुस लिएको अभियोगमा वन रक्षक विश्वकर्मा आयोगको नियन्त्रणमा परेका थिए