अनुमतिबिना कतार प्रहरीमा भर्ना गर्ने ३ म्यानपावर कम्पनीको कारोबार रोक्का « Arthapath.com
१० मंसिर २०७७, बुधबार

अनुमतिबिना कतार प्रहरीमा भर्ना गर्ने ३ म्यानपावर कम्पनीको कारोबार रोक्का



काठमाडौं । बिना अनुमति कतार प्रहरीका लागि भर्ना गरिएको भन्दै ३ म्यानपावर कम्पनीको कारोबार रोक्का गरिएको छ ।

कतार प्रहरीका लागि अनुमति नलिई भर्ना प्रक्रिया सुरु गरेको भन्दै वैदेशिक रोजगार विभागले एसओएस, डीडी ह्युमन रिसोर्स र होप इन्टरनेसनलको कारोबार रोक्का गर्ने निर्णय गरेको हो ।

कतारमा हुन लागेको विश्वकप फुटबललाई लक्षित गर्दै नेपालस्थित कतारी दूतावासको समेत संलग्नतामा कतार प्रहरीका लागि आवेदन लिँदै अन्तरवार्ता गरिरहेको अवस्थामा विभागले ३ विभागहरुमा हस्तक्षेप गरेको थियो ।कतारले वैदेशिक रोजगार ऐनविपरीत कतार प्रहरीमा जान इच्छुक नेपालीको अन्तर्वार्ता लिन थालेपछि वैदेशिक रोजगार विभागले म्यानपावर कम्पनीहरूमा छापा मारेको थियो ।


प्रतिक्रिया दिनुहोस्