एनएमबि लघुवित्तले गर्यो लाभांश घोषणा
काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १९ प्रतिशत बोनस शेयर र बोनस शेयरको कर प्रयोजनार्थ १ प्रतिशत नगद लाभांश गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।
मंसिर ९ गते बसेको लघुवित्तको सञ्चालक समितिको १०८ औँ बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो ।