उन्नति सहयकार्य लघुवित्त नाफा ४८.९२ प्रतिशतले घट्यो

काठमाडौं । उन्नति सहयकार्य लघुवित्तको चालू आर्थिक बार्षको प्रथम त्रैमासमा ४८.९२ प्रतिशतले नाफा घटेको छ । गत आर्थिक बर्षमा १ करोड २६ लाख ५१ हजार रुपैयाँ नाफा आर्जन गरेको कम्पनीले चालू आवको सोहि अवधिमा ६४ लाख ६२ हजार मात्रै नाफा आर्जन गरेको हो ।
त्यस्तै, कम्पनीको यस अवधिमा निष्क्रिय कर्जा १.८५ रहेकोमा वृद्धि भएर ४.१३ प्रतिशत पुगेको छ । त्यस्तै, कम्पनीले १ अर्ब ९४ करोड रुपैयाँ सापटि लिएर, ८२ करोड २४ लाख निक्षेप संकलन गरि २ अर्ब ४५ करोड ४९ लाख कर्जा लगानी गरेको छ ।
त्यस्तै, कम्पनीको यस अवधिमा चुक्तापूँजी १४ करोड ९५ लाख रुपैयाँ रहेको उक्त जगेडा कोषमा ७ करोड ६९ लाख रुपैयाँ संचित रहेको छ । लघुवित्तको प्रतिशेयर आम्दानी १७ रुपैयाँ २९ पैसा र प्रतिशेयर नेटवर्थ १ सय ५१.४४ रहेको छ ।