२८ जना संक्रमितको मृत्यु, थप १९४८ जनामा कोरोना, ३१४० जना संक्रमणमुक्त « Arthapath.com
१० मंसिर २०७७, बुधबार

२८ जना संक्रमितको मृत्यु, थप १९४८ जनामा कोरोना, ३१४० जना संक्रमणमुक्त



काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १ हजार ९ सय ४८ जनामा कोरोना संक्रमण देखिएको छ । यो सहित नेपालमा जम्मा कोरोना संक्रमितको संख्या २ लाख २६ हजार २६ पुगेको छ ।

त्यस्तै, बुधबार देशभर ३१४० जना संक्रमणमुक्त भएका छन् । यो सहति नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ७ हजार ९९८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै आज देशभर १६ हजार ६ सय ३९ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । बुधबार देशभर २८ जना संक्रमितको मृत्यु भएको छ । अहिलेसम्म १ हजार ३ सय ८९ जना संक्रमितको मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा ९ हजार २१० जनाको पिसिआर परीक्षण भएको छ ।


प्रतिक्रिया दिनुहोस्