मंसिर महिनाभर ट्याक्सीमाण्डुमा चालक तथा यात्रुलाई छुटै छुट

काठमाडौं । अनलाइन ट्याक्सी बुकिङ एप ट्याक्सीमाण्डु सञ्चालनमा आएको एक वर्ष पुरा भएको अवसरमा ट्याक्सीमाण्डुले आफ्ना सेवा र सुविधालाई थप व्यवस्थित र विस्तार गर्ने प्रतिबद्धता सहित मंसिर महिनाभरका लागी केही आकर्षक छुट सहितका स्कीमहरु ल्याएको छ ।
ट्याक्सीमाण्डुले ल्याएका स्कीमहरु ट्याक्सी चालक तथा यात्रुको फाइदामा लक्षित रहेका छन् । जसमध्ये ट्याक्सी चालकहरुले मंसिर महिनाभर शुन्य प्रतिशत कमिसनमा एपमार्फत यात्रुलाई सेवा दिन पाउनेछन् । यो महिनाभर ट्याक्सी चालकले एप प्रयोग गरेवापत ट्याक्सीमाण्डुलाई कुनै पनि कमिसन दिनु पर्ने छैन । त्यस्तै एपको प्रयोग गरेर ट्याक्सी बुक गर्ने यात्रुले प्रत्येक राइडमा रु. ५० रुपैयाँ छुट पाउनेछन् । छुटका लागी यात्रुले TAXIMANDU1ST प्रोमो कोड प्रयोग गर्नु पर्ने छ ।
यसबाहेक ट्याक्सीमाण्डुले रिफर एण्ड अर्नको स्कीम पनि ल्याएको छ । यो स्कीम अन्तर्गत ट्याक्सीमाण्डु एप डाउनलोड गरेकाहरुले अरुलाई एपमार्फत डाउनलोड गर्न रिफर गर्नु पर्नेछ । एप डाउनलोड गर्न रिफर गर्ने हरेकले प्रत्येक रिफरमा ५० रुपैयाँ पाउनेछन् ।
त्यस्तै मंसिर महिनाभर ट्याक्सीमाण्डु एपमार्फत १ सय वटा ट्रीप गर्ने ट्याक्सी चालककले १ हजार रुपैयाँ बोनस पाउने व्यवस्था पनि मिलाइएको छ । स्थापनाको एक वर्षमै ट्याक्सीमाण्डु एपमा २ हजार भन्दा बढि ट्याक्सी चालक आवद्ध भएका छन् ।