८ करोड मत प्राप्त गर्ने अमेरिकाको पहिलो राष्ट्रपति उम्मेद्वार बने बाइडेन « Arthapath.com
१२ मंसिर २०७७, शुक्रबार

८ करोड मत प्राप्त गर्ने अमेरिकाको पहिलो राष्ट्रपति उम्मेद्वार बने बाइडेन



काठमाडौं । अमेरिकाको राष्ट्रपति पदमा निर्वाचित भएका जो बाइडेनले इतिहासमा पहिलो पहिलोपटक ८ करोडभन्दा अधिक पपुलर भोट ल्याउने राष्ट्रपति बनेका छन् । कुल ८ करोड ११ हजार मत प्राप्त गर्ने उनी पहिलाृ राष्ट्रपति बनेका हुन् । यसै चुनावमा एउटा अर्को रेकर्ड पनि बनेको छ । बाइडेनको विपक्षमा चुनाव लडेका डोनाल्ड ट्रम्पले पनि ७ करोड ३८ लाख मत प्राप्त गरेर सबैभन्दा अधिक मत प्राप्त गर्ने राष्ट्रपति उम्मेद्वारमा उनी दोस्रो नम्बरमा रहेका छन् । यसरी एकै चुनावमा जित्ने र हार्ने दुवै उम्मेद्वार सबैभन्दा बढी मत प्राप्त गर्ने पहिलो र दोस्रो नम्बरमा आएका हुन् । मतगणनाको क्रम जारी रहेकाले मत संख्या अझै बढ्न सक्ने बताइएको छ । डेमोक्रेटिक पार्टीका उम्मेद्वार बाइडेनलाई चुनावमा ३०६ इलेक्टोरल भोट प्राप्त भएको छ । यता, रिपब्लिकन पार्टीका ट्रम्पले भने २३२ भोट पाए ।


प्रतिक्रिया दिनुहोस्