केन्द्रीय सदस्यमा शाह निर्विरोध निर्वाचित, प्रधान समूहको १, ढकाल समूहको २ पदमा जित « Arthapath.com
१२ मंसिर २०७७, शुक्रबार

केन्द्रीय सदस्यमा शाह निर्विरोध निर्वाचित, प्रधान समूहको १, ढकाल समूहको २ पदमा जित



काठमाडौं । प्रदेश २ बाट प्रधान समूहकमा शाह केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित भएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा प्रदेश २ को तर्फबाट केन्द्रीय सदस्यमा विजय कुमार शाह निर्विरोध निर्वाचित भएका हुन् ।

प्रदेश नम्बर २ को तर्फबाट केन्द्रीय सदस्यमा उम्मेद्वारी दिएका महोत्तरी उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष शाहलाई एकल उम्मेद्वारका रुपमा उभ्याएर निर्विरोध निर्वाचित गरिएको वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल केडियाले जानकारी दिए । महासंघको निर्वाचन शनिबार हुँदैछ ।

यसअघि नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकाल समूहबाट दुई जना केन्द्रीय सदस्य निर्विरोध निर्वाचित भएका छन् ।

ढकाल समूहका उम्मेदवारमध्ये प्रदेश–१ बाट केन्द्रीय सदस्यमा राजेन्द्र राउत र एशोसियटतर्फबाट द्विराष्ट्रिय उद्योग वाणिज्य संघका सन्दीप अग्रवाल निर्विरोध निर्वाचित भएका हुन्।


प्रतिक्रिया दिनुहोस्