विजयबाबु स्मृति पत्रकारिता पुरस्कार २०६८ गोकर्ण गौतमलाई « Arthapath.com
१२ मंसिर २०७७, शुक्रबार

विजयबाबु स्मृति पत्रकारिता पुरस्कार २०६८ गोकर्ण गौतमलाई



काठमाडौं । विजयबाबु स्मृति पत्रकारिता पुरस्कार २०६८ स्व. पत्रकार गोकर्ण गौतमलाई मरणोपरान्त प्रदान गरिने भएको छ । स्व. विजयबाबु खत्रीको नवौँ स्मृति दिवसमा शुक्रबार आयोजित कार्यक्रममा नेपाल समाचार केन्द्र प्रा।लि।का अध्यक्ष लक्ष्मी श्रेष्ठ खत्रीले दिवंगत पत्रकार गौतमलाई पुरस्कार दिने घोषणा गरेकी हुन् ।

नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यको संयोजकत्वमा गठित छनोट समितिले स्व। पत्रकार गौतमलाई दोस्रो विजयबाबु स्मृति पत्रकारिता पुरस्कार दिने निर्णय गरेको अध्यक्ष श्रेष्ठले जानकारी गराइन् । समितिमा प्रेस काउन्सिल सदस्य संगीता खड्का र नेपाल समाचार केन्द्रद्वारा प्रकाशित अनलाइन पत्रिका न्युज कारोबारका सम्पादक डीआर आचार्य सदस्य छन् । २०७५ मंसिर १२ गते अक्षय कोष स्थापना गरी घोषणा गरिएको पुरस्कारको राशि ३४ हजार रुपैयाँ छ । पुरस्कार मंसिर २४ गते प्रदान गरिनेछ ।

मकवानपुरको छतिवन घर भएका पत्रकार गौतमको ३१ वर्षको उमेरमा यही मंसिर ४ गते निधन भएको हो । मस्तिष्कको नसामा समस्या देखिएपछि शल्यक्रियाका क्रममा उनको निधन भएको थियो । देशान्तरबाट पत्रकारिता अरिअर सुरु गरेका गौतम २०७० सालदेखि पाँच वर्ष कान्तिपुर पब्लिकेसन्सद्वारा प्रकाशित नेपाल म्यागेजिनमा र त्यसयता कान्तिपुर दैनिकमा आबद्ध थिए । पहिलो विजयबाबु स्मृति पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार ध्रुवहरि अधिकारीलाई प्रदान गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस्