थप १७०३ जनामा कोरोना, २३ जनाको मृत्यु, सक्रिय संक्रमित १७२३७ « Arthapath.com
१२ मंसिर २०७७, शुक्रबार

थप १७०३ जनामा कोरोना, २३ जनाको मृत्यु, सक्रिय संक्रमित १७२३७



काठमाडौं । नेपालमा थप १ हजार ७ सय ३ जनामा कोरोना संक्रमण देखिएको छ । यो सहित नेपालमा कुल संक्रमितको संख्या २ लाख २९ हजार ३ सय ४३ पुगेको छ ।
त्यस्तै, आज १ हजार २ सय ३६ जना संक्रमणमुक्त भएको
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसहित नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख १० हजार ६ सय ७१ पुगेको छ । त्यस्तै, शुक्रबार १७ हजार २ सय ३७ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घन्टामा देशभर २३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसहित नेपालमा १ हजार ४ सय ३५ जना संक्रमितको मृत्यु भइसकेको छ । पछिल्लो २४ घन्टामा १० हजार ४ सय ६० जनाको पिसिआर परीक्षण भएको छ ।


प्रतिक्रिया दिनुहोस्