लाइसेन्स निकाल्दै हुनुहुन्छ भने अब घरमै आउँछ स्मार्ट ड्राइभिङ लाइसेन्स, यस्तो छ व्यवस्था « Arthapath.com
१२ मंसिर २०७७, शुक्रबार

लाइसेन्स निकाल्दै हुनुहुन्छ भने अब घरमै आउँछ स्मार्ट ड्राइभिङ लाइसेन्स, यस्तो छ व्यवस्था



काठमाडौं । बागमती प्रदेश सरकारले लामोसमयदेखि लाइसेन्स नपाएका सेवाग्राहीलाई हुलाकमार्फत घरमै लाइसेन्स उपलब्ध गराउने व्यवस्था मिलाएको छ ।

यो सुविधा उपयोग गर्नका लागि बागमती प्रदेश सरकारले हुलाक सेवा विभागसँग सहकार्य गरेको हो । हुलाक विभागसँग सहकार्य गरी घर–घरमै लाइसेन्स उपलब्ध गराउन लागेको बागमती प्रदेश सरकारे जनाएको छ ।

हाल चारवटै लाइसेन्स कार्यालय गरेर हाल पाँच लाखभन्दा बढी लाइसेन्स थन्किएर रहेको बागमति प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयका सहसचिव नवीनकुमार सिंहले जानकारी दिए ।

गत कात्तिक ६ गते बसेको चारवटै लाइसेन्स कार्यालयका प्रमुख र हुलाक सेवा विभागका प्रमुखबीचको बैठक पनि बसेको थियो । उक्त बैठकबाट एक खालको सहभागी भएको छ भने यसका लागि सम्झौता नै भइसकेको छ ।

अहिले हुलाक विभागसँग सम्झौता गरी घरमै लाइसेन्स र्पुयाउने कामको सुरुवात हुन लागेको हो । त्यसका लागि हुलाकले काठमाडौं उपत्यकाभित्र ५० रुपैयाँ र उपत्यकाबाहिर १०० रुपैयाँ शुल्क लिएर सेवा दिने छ । तपाईले हुलाकबाट लाइसेन्स लिन चाहेमा फारम भर्ने बेलामा भन्नुपर्नेछ । त्यसका लागि तपाईले त्यही समय ५० रुपैया थप दस्तुर तिर्नुपर्ने हुन्छ ।


प्रतिक्रिया दिनुहोस्