७१ बर्षिय बृद्धलाई बलत्कार गर्ने ३४ बर्षका गिरी प्रहरीको नियन्त्रणमा « Arthapath.com
१३ मंसिर २०७७, शनिबार

७१ बर्षिय बृद्धलाई बलत्कार गर्ने ३४ बर्षका गिरी प्रहरीको नियन्त्रणमा



पोखरा । ७१ बर्षिय बृद्धलाई बलत्कार गर्ने ३४ बर्षका गिरीलाई प्रहरीले पक्राउ नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले ७१ बर्षे एकल बृद्ध महिला बलत्कार गरेको आरोपमा पोखरा महानगरपालिका १९ पुरन्चौरका ३४ बर्षीय घनश्याम गिरीलाइ पक्राउ गरेको हो ।

बृद्वा महिला आफ्नै घरभित्र सुतिरहेको अवस्थामा गत मंगलबार राती १० बजे जबरजस्ती घर भित्र प्रवेश गरि गिरीले वृद्वा महिलालाइ बलत्कार गरेका थिए । बलत्कार पछि फरार रहेका उनलाइ पोखरा महानगरपालिका १९ बाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

बृद्धलाई जवरजस्ती करणी उद्योग गरेको उजुरीको आधारमा पक्राउ गरी कास्की जिल्ला अदालतबाट दिन ७ म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्