थप १३८० जनामा कोरोना, १९ जनाको मृत्यु, १८ हजार ८३ जना सक्रिय संक्रमित « Arthapath.com
१३ मंसिर २०७७, शनिबार

थप १३८० जनामा कोरोना, १९ जनाको मृत्यु, १८ हजार ८३ जना सक्रिय संक्रमित



काठमाडौं । नेपालमा थप १ हजार ३ सय ८० जनामा कोरोना संक्रमण देखिएको छ । यो सअित नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ३० हजार ७ सय २३ पुगेको छ।

त्यस्तै, शनिबार ५ सय १५ जना संक्रमणमुक्त भएका छन् । योसहित कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ११ हजार १ सय ८६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै, आज देशभर १८ हजार ८३ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घन्टामा देशभर १९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो सहित नेपालमा १ हजार ४ सय ५४ जना संक्रमितको मृत्यु भइसकेको छ । पछिल्लो २४ घन्टामा ९ हजार ३ सय ६८ जनाको पिसिआर परीक्षण भएको छ ।


प्रतिक्रिया दिनुहोस्