यस्ता एजेण्डासहित युनिलिभरको साधारण सभा आज « Arthapath.com
१६ मंसिर २०७७, मंगलवार

यस्ता एजेण्डासहित युनिलिभरको साधारण सभा आज



काठमाडौं । युनिलिभर नेपाल लिमिटेडको वार्षिक साधारण सभा आज अपरान्ह पौने ४ बजेदेखि भिडियो कन्फ्रेन्सिङ्गको माध्यमबाट सञ्चालन हुने कम्पनीले जनाएको छ । कम्पनीको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीको वार्षिक साधारण सभा कम्पनीको कर्पोरेट कार्यालयमा हुने भएको हो ।

सभामा कम्पनीको असोज ९ गते शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार आर्थिक वर्ष २०७६÷०७७ को सञ्चित मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई प्रति शेयर १०० रुपैयाँको दरले लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । कम्पनीको कार्तिक २७ गते बुकक्लोज गरेको थियो ।

यसका साथै, सभामा कम्पनीको व्यवसायिक सामाजिक उत्तरदायित्व अन्तर्गतको परियोजनाहरुको खर्चहरुलाई पारित गर्ने, कम्पनीको प्रबन्धपत्र र नियमावली संशोधन गर्ने, प्रबन्ध निर्देशकको पारिश्रमिकको बारेमा जानकारी गराउने लगायतका प्रस्तावहरु पारित गरिने एजेण्डा छ ।


प्रतिक्रिया दिनुहोस्