नेपाल राष्ट्र बैंकले २ अर्ब ६६ करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने « Arthapath.com
१६ मंसिर २०७७, मंगलवार

नेपाल राष्ट्र बैंकले २ अर्ब ६६ करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने



काठमाडौं । नेपाल राष्ट्र बैंकले २ अर्ब ६६ करोड रुपैयाँ बराबरको रकम मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । बैंकले उपदान तथा पेन्सन कोषमा रहेको उक्त रकम २७५ दिनका लागि बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गर्न लागिएको जनाएको छ ।

नेपाल राष्ट्र बैंकले ‘क’ वर्गका वाणिज्य बैंकमा २ अर्ब १२ करोड ८० लाख रूपैयाँ, ‘ख’ वर्गको विकास बैंकमा ३९ करोड ९० लाख रुपैयाँ र ‘ग’ वर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीहरुमा १३ करोड ३० लाख रुपैयाँ लगानी गर्न लागेको हो । बैंक तथा वित्तीय संस्थालेमंसिर १७ गते दिउँसो ३ बजेसम्म आफूले लिन चाहेको रकम तथा उक्त रकमका लागि प्रस्ताव गरिएको ब्याजदर समेत खुलाएर राष्ट्र बैंकमा पेश गर्नुपर्ने बैंकले जानकारी दिएको छ ।


प्रतिक्रिया दिनुहोस्