दुई दिनमा एक हजारले बढ्यो सुनको मूल्य, कतिमा हुँदै छ कारोबार ? « Arthapath.com
१७ मंसिर २०७७, बुधबार

दुई दिनमा एक हजारले बढ्यो सुनको मूल्य, कतिमा हुँदै छ कारोबार ?



बुधवार सुनको मुल्य तोलामा ५ सयले बढ्यो

काठमाडौं । बुधबार सुनको मुल्य तोलामा ५ सयले घटेर प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भएको छ । त्यस्तै, तेजावी सुनको मूल्य ९० हजार ५५० रुपैयाँमा कारोबार भएको छ । त्यस्तै, बुधबार चाँदीको मूल्य प्रतितोला ११ सय ८५ रुपैयाँमा कारोबार भएको छ ।

मंगलबार सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेर प्रतितोला ९० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी, तेजावी सुनको प्रतितोला ९० हजार ५० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, चाँदी ३५ रुपैयाँ बढेर प्रतितोला ११ सय ५५ रुपैयाँ कायम भएको थियो ।

त्यस्तै, सोमबार सुनको मूल्य ७ सयले घटेर तोलाको ९० हजार रुपैयाँमा कारोबार भएको थियो । सोमबार तेजाबी सुनको मूल्य प्रतितोला ६५० रुपैयाँले घटेर ८९ हजार ५५० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै सोमबार चाँदीको मूल्य भने ३० रुपैयाँले घटेर प्रतितोला ११२० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आइतबार प्रतितोला ६ सय रुपैयाँले घटेर तोलाको ९० हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, तेजावी सुनको मूल्य तोलाको ९० हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आइतबार चाँदीको मूल्य प्रतितोला ११ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

यसअघि शुक्रबार छापावाल सुनको मूल्य तोलाको ९१ हजार ३ सय रुपैयाँ कायम भएको थियो । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९० हजार ८ सय रुपैयाँ निर्धारण भएको थियो । चाँदीको भाउ प्रतितोला ११ सय ६५ रुपैयाँ कायम भएको थियो ।


प्रतिक्रिया दिनुहोस्