बेलायतले दियो फाइजरको कोरोना खोपलाई अनुमति, अर्को सातादेखि आमनागरिकलाई लगाउने « Arthapath.com
२० असार २०८२, शुक्रबार

बेलायतले दियो फाइजरको कोरोना खोपलाई अनुमति, अर्को सातादेखि आमनागरिकलाई लगाउने



बेलायतले फाइजर बायोएनटेक कम्पनीले बनाएको कोरोनाभाइरस विरुद्धको खोप प्रयोग गर्न अनुमति दिएको छ। योसँगै उक्त खोपलाई आम प्रयोगका लागि अनुमति दिने बेलायत पहिलो राष्ट्र बनेको छ ।
बुधबार मेडिसिन एन्ड हेल्थ केयर प्रडक्ट्स रेगुलेटरी एजेन्सी एमएचआरएले कोरोना भाइरसविरुद्ध ९५ प्रतिशत प्रभावकारी भएको र प्रयोग गर्न अनुमति दिएको हो ।

उच्च जोखिममा रहेका समुहहरुलाई खोप दिने काम केही दिनमा सुरु गरिने बिबिसीले जनाएको छ ।
बेलायत सरकारले खोपको ४ करोड डोज अर्डर गरेको छ। दुई डोज लगाउनु पर्ने उक्त खोप २ करोड बेलायतीलाई पुग्नेछ ।

सुरुआती केही दिनमा १ करोड डोज उपलब्ध हुनेछ । फाइजरले अहिलेसम्मकै छोटो समयमा खोप बनाएको हो। यसले १० महिनामा खोप तयार पारेको हा। यसअघि खोप बनाउन वर्षौं लाग्ने गथ्र्यो।
खोप प्रयोग गर्न दिइने भएपनि मानिसहरुले कोरोनाभाइरसबाट जोगिन हुन जरुरी छ । त्यसको लागि भौतिक दूरी कायम राख्ने, मास्क लगाउनु पर्ने विज्ञहरुले बताएका छन्।

फाइजरले अमेरिका र युरोपियन युनियनका अरु मुलुकमा पनि अनुमतिका लागि निवेदन दिएको छ ।


प्रतिक्रिया दिनुहोस्