पूर्वगृहमन्त्री नैनबहादुर स्वाँरको निधन

काठमाडौं । पूर्वगृहमन्त्री नैनबहादुर स्वाँरको निधन भएको छ । स्वाँरको बिहीबार बिहान काठमाडौंको बानेश्वरस्थित घरमै निधन भएको थियो ।
स्वाँर सूर्यबहादुर थापा नेतृत्वमा गृहमन्त्री हुनुभएको थियो । उहाँ पछिल्लो समयमा कोरोना भाईरसबाट संक्रमित भई निको हुनुभएको थियो । कोरोना रिपोर्ट नेगेटिभ आएको ३–४ दिनपछि उहाँको निधन भएको हो । उहाँमा मुटुको समस्या रहेको स्रोतले जनाएको छ ।
उहाँको आजै पशुपतिस्थित आर्यघाटमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जानकारी दिएको छ । उनका दुई छोरा र चारजना छोरी रहनु भएको छ ।