इन्फ्रास्ट्रक्चर बैंकको नयाँ ब्याजदर सार्वजनिक, कति प्रतिशत छ ? « Arthapath.com
१९ मंसिर २०७७, शुक्रबार

इन्फ्रास्ट्रक्चर बैंकको नयाँ ब्याजदर सार्वजनिक, कति प्रतिशत छ ?



काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले मङ्सिर १९ गतेदेखि लागु हुनेगरी शुभ पूर्वाधार खाता र कर्जाको नयाँ विभिन्न व्याजदर सार्वजनिक गरेको छ । बैंकले पाँच वर्षबढि अवधिको शुभ पूर्वाधार बचत खातामा व्यात्तिगत तर्फ ७.२५ प्रतिशत र संस्थागत तर्फ ५ वर्षबढि अवधिको बचतमा ६.५० प्रतिशत र दश वर्षबढि अवधि बचतमा ६.६० प्रतिशतसम्म व्याजदर कायम गरेको छ ।

बैंकले प्रोजेक्ट लोनको लागि ९ देखि ११ प्रतिशतमै कर्जा प्रवाह गर्ने भएको छ । त्यस्तै बैंकले व्रिज ग्याप कर्जाको लागि न्यूनतम १० देखि ११.५० प्रतिशतसम्ममा कर्जा प्रवाह गर्ने जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्