एनआईसी एशिया बैंकको साधारण सभा आइतबार हुँदै, यसरी हुन सकिन्छ सहभागी « Arthapath.com
१९ मंसिर २०७७, शुक्रबार

एनआईसी एशिया बैंकको साधारण सभा आइतबार हुँदै, यसरी हुन सकिन्छ सहभागी



काठमाडौं । एनआईसी एशिया बैंकको कार्तिक २६ गते बसेको ४६२ औं संंचालक समितिको बैठकको निर्णयअनुसार यस बैंकको २३ औं वार्षिक साधारणसभा मंसीर २१ गते बिहान ९ बजे काठमाडौंको थापाथलीस्थित बैंकको रजिष्टर्ड कार्यालयमा सम्पन्न हुने भएको छ ।

बैंकको २३ औं वार्षिक साधारण सभामा आर्थिक बर्ष २०७६/०७७ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित २०७७ आषाढ मसान्तसम्मको वासलात र नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक विवरणहरू उपर छलफल गरी स्वीकृत गर्ने लगायतका समान्य प्रस्तावहरूमा छलफल तथा निर्णय गर्ने निर्धारित विषयसूची रहेको छ ।

साथै गत आबको मुनाफा तथा सञ्चित मुनाफाबाट १९ प्रतिशत बोनश शेयर (रू. १ अर्ब ८४ करोड ६३ लाख) र १ प्रतिशत नगद लाभांश (रू. ९ करोड ७२ लाख) लाभांश कर प्रयोजनार्थ समेत वितरण गर्न स्वीकृत गर्ने, बैंकको प्रबन्धपत्र र नियमावलीमा समसामयिक संशोधनरथप गर्ने लगायतका विशेष प्रस्तावमा छलफल तथा निर्णय गर्ने निर्धारित विषयसूची समावेश गरिएको छ ।

साधारण सभामा अनलाइन प्रविधिमार्फत सहभागी हुनसक्ने व्यवस्था गरिएको छ । साधारण सभामा अनलाइन सहभागीताको लागि बैंकद्वारा शेयरधनीहरूलाई Meeting ID तथा Password उपलब्ध गराउने व्यवस्था मिलाइएको छ ।

यसरी उपस्थित शेयरधनीहरूले साधारण सभामा आफ्नो मन्तव्य राख्ने व्यवस्था समेत मिलाइएको जानकारी गराउदछौं । यसरी साधारण सभामा सहभागी भई मन्तव्य राख्न चाहनु हुने शेयरधनीहरूले सभा सुरु हुनु भन्दा कम्तिमा ४८ घण्टा अगावै आफ्नो परिचयपत्र सहित बैंकले जारी गरेको शेयर प्रमाणपत्ररडिम्याट खाता खोलिएको प्रमाणको स्क्यान कपी समावेश गरी कम्पनी सचिवको इमेल ठेगाना [email protected] मा ईमेल वा ९८५१२४५९१५ मा WhatsApp गर्नुपर्नेछ ।


प्रतिक्रिया दिनुहोस्