४ अर्ब ३१ करोडको आईपीओ पाइपलाइनमा « Arthapath.com
१९ मंसिर २०७७, शुक्रबार

४ अर्ब ३१ करोडको आईपीओ पाइपलाइनमा



काठमाडौं । सेयर बजारमा ४ अर्ब ३१ करोड १४ लाख ३७ हजार ७२० रुपैयाँको ४ करोड ३० लाख ३२ हजार ८३६ कित्ता आईपीओ धितोपत्रबोर्डको पाइप लाइनमा रहेको छ ।

धितोपत्र बोर्डको पाइप लाइनमा रहेको कम्पनीहरूमा अधिकांश जलविद्युत् कम्पनी नै रहेका छन् । एउटा इन्स्योरेन्स कम्पनी र एउटा माइक्रोफाइनान्स कम्पनी रहेको छ ।

केही समयअघिसम्म जलविद्युत् कम्पनीको सेयरमा गिरावट आएपनि अहिले भने कम्पनीको सेयर मूल्यमा बढोत्तरी देखिएसँगै यसतर्फ पनि लगानीकर्ताको ध्यान जान थालेको छ । अहिले बोर्डको पाइपलाइनमा नै ९ वटा जलविद्युत् कम्पनी रहेका छन् ।

पछिल्लो समयमा बजार बढ्दै जाँदा र जलविद्युत् कम्पनीको सेयर पनि बढ्न थालेपछि हाईड्रो पावर कम्पनीको आईपीओमा मागभन्दा कयौं गुणा बढी आवेदन पर्ने गरेको छ । जसले गर्दा अब हाईड्रोपावरको आईपीओ पनि पर्नको लागि लक्की ड्र गर्नुपर्ने भएको छ ।

केही समयअघिसम्म हाइड्रोपावरमा मागअनुसार पनि आवेदन नपर्ने र बिक्री प्रबन्धकले सकार्नुपर्ने स्थिती थियो । अहिले त्यो क्रम रोकिएको छ । जसले गर्दा नयाँ आउने जलविद्युत् कम्पनीलाई पनि आईपीओ जारी गर्न उत्साह बढेको देखिन्छ ।

पाइप लाइनमा रहेका कम्पनीमा सिईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी २०७४ साल असार २७ गतेदेखि नै बोर्डको पाइप लाइनमा रहेको छ । यस्तै, मैलुङ खोला जलविद्युत् कम्पनीको पनि २०७४ असोज २० गते बोर्डमा दर्ता भएको थियो ।

बोर्डको पाइपलाइनमा रहेका कम्पनीहरूमध्ये सबैभन्दा बढीमध्ये भोटेकोशी जलविद्युत् कम्पनीको १ अर्ब ५० करोड रुपैयाँको १ करोड ५० लाख कित्ता र यस्तै सबैभन्दा कम सिबीआईएल क्यापिटलले ३ लाख कित्ता साधारण सेयर ल्याउने तयारी गरेको छ ।

यस्तै, बीमा कम्पनीतर्फ प्रभु लाइफ इन्स्योरेन्सको ६० करोड रुपैयाँको ६० लाख कित्ता बोर्डको पाइप लाइनमा रहेको छ । माइक्रोफाइनान्सतर्फ महिला लघुवित्त वित्तीय संस्थाको ४ करोड रुपैयाँको ४ लाख कित्ता रहेको छ । डिसहोमसमेत आइपीओ जारी गर्नको लागि धितोपत्र बोर्डको अनुमति कुरेको छ ।सेयरबाजर


प्रतिक्रिया दिनुहोस्