नबिल बैंक र वानटुवाच बीच भयो साना तथा मझौला उद्यमहरुलाई ब्याज मुक्त र धितो रहित कर्जा प्रदान गर्ने सम्झौता « Arthapath.com
१९ मंसिर २०७७, शुक्रबार

नबिल बैंक र वानटुवाच बीच भयो साना तथा मझौला उद्यमहरुलाई ब्याज मुक्त र धितो रहित कर्जा प्रदान गर्ने सम्झौता



काठमाडौं । नबिल बैंक र वानटुवाच, एक लगानी प्रबर्धन कम्पनीले संयुक्त रूपमा “कोभिड १९ एमएसएमई कोष नेपाल” अन्तर्गत लघु, साना तथा मझौला उद्यम (एमएसएमई) हरुलाई ब्याज मुक्त र धितो रहित कर्जा प्रदान गर्ने सम्झौता गरेको छ।

यस रणनीतिक साझेदारीमा लघु, साना तथा मझौला उद्यमहरूलाई कोविड १९ बाट प्रभावित तर व्यवसायलाई निरन्तरता दिने क्षमता भएका व्यवसायलाई धितो रहित र ब्याजमुक्त छोटो अवधिको कर्जाले लाभान्वित भई कोविड १९को प्रभावबिरूद्ध लड्न तथा व्यवसायलाई निरन्तरता दिन मद्दत पुग्नेछ । त्यसै गरि यी व्यवसायहरु मध्येका छनोटमा परेका व्यवसायीहरुले आनो व्यावसाय अनुकूल परामर्श पनि प्राप्त गर्ने बैंकले जनाएके छ ।

पूर्व निर्धारित मापदण्डको आधारमा व्यवसाय सुचारु गर्ने सम्भाव्यताको मूल्यांकन गरिएको एमएसएमईहरूले नबिल बैंकबाट धितो रहित कर्जा प्राप्त गर्नेछन र ब्याज रकम अधिकतम १८ महिनासम्म कोषले भुक्तान गर्नेछ ।नबिल बैंकका डेपुटी सीईओ, सुजित कुमार शाक्य र वानटुवाचका प्रबन्ध निर्देशक, सुमन जोशीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

नबिल बैंकले आनो देशभर १ सय १९ वटा शाखा कार्यालयहरु, १ सय ८५ एटीएम र १५सय भन्दा धेरै नबिल रेमिट एजेन्टहरु सहित विभिन्न देशमा रहेका एजेन्टको बृहत सञ्जाल मार्फत निरनतर गुणस्तरिय सेवा प्रवाह गरिरहेको छ । त्यस्तै वान टु वाच एक लगानी प्रबर्धन कम्पनी हो र यो नेपाल, नेदरल्याण्ड्स र म्यानमारमा अवस्थित छ ।


प्रतिक्रिया दिनुहोस्