प्रभु इन्स्योरेन्सको संस्थापक शेयर बिक्रीमा, आइतबारबाट आवेदन दिन सकिने

काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थापक समूहको शेयर बिक्री हुने भएको छ । न्यूनतम मूल्य ३ सय ५० रूपैयाँमा कम्पनीले ७ लाख ३५ हजार कित्ता शेयर बिक्री गर्न लागेको हो ।
कम्पनीले बेच्न लागेको शेयरहरू खरिद गर्न इच्छुक विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी तथा संघ संस्थाहरूले मंसिर २१ गते, आइतबारबाट मंसिर २८ गते आइतबारसम्म न्यूनतम २५ हजार कित्ता र अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेकम्पनीले जनाएको छ ।
कम्पनीको शेयर बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड कमलादी रहेको छ ।