गत साता २९ सयले बढेको सुन यस साता पहिलो दिन नै गिरावट, कतिमा हुँदै छ कारोबार ? « Arthapath.com
२१ मंसिर २०७७, आईतवार

गत साता २९ सयले बढेको सुन यस साता पहिलो दिन नै गिरावट, कतिमा हुँदै छ कारोबार ?



काठमाडौं । गत साता २९ सय रुपैयाँले बढेको सुनको मूल्य यस साताको पहिलो दिन नै गिरावट आएको छ । यस साताको पहिलो दिन आइतबार सुनको मूल्य २ सय रुपैयाँले घटेर तोलामा ९२ हजार ७ सय रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै, तेजाबी सुनको मूल्य ६५० रुपैयाँले घटेर प्रतितोला ९२ हजार २५० रुपैयाँमा कारोबार भएको छ । त्यस्तै, चाँदी प्रतितोला १ हजार २१० रुपैयाँमा कारोबार भएको छ ।
गत, शुत्रबार छापावाल सुनको मूल्य ३ सयले बढेर प्रतितोला ९२ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, शुक्रबार तेजावी सुनको मूल्य ९२ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, शुक्रबार चाँदीको मूल्य तोलामा १२ सय १० रुपैयाँमा कारोबार भएको थियो ।


प्रतिक्रिया दिनुहोस्