रसुवागढी हाइड्रोपावरको पुस २० मा एजीएम, लगानीकर्तालाई छैन लाभांश « Arthapath.com
२२ मंसिर २०७७, सोमबार

रसुवागढी हाइड्रोपावरको पुस २० मा एजीएम, लगानीकर्तालाई छैन लाभांश



काठमाडौं । रसुवागढी हाइड्रोपावर कम्पनीको आठौं वार्षिक साधारण सभा पुस २० गते हुने भएको छ । कम्पनीले यो वर्ष पनि लाभांश वितरण एजेन्डा बिना सभा बोलाएको हो । सभामा आर्थिक वर्ष २०७६÷०७७ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ ।

आर्थिक वर्ष २०७७÷०७८ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ । सभा चिलिमे जलबिद्युत कम्पनीको सभाहल धुम्बाराही, काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुने छ । सभा प्रयोजनका लागि कम्पनीले पुस १२ गते बुक क्लोज गर्नेछ । पुस ११ गतेसम्म कायम सेयरधनी सभामा भाग लिन सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्