लुम्बिनी विकास बैंकको १० प्रतिशत लाभांश घोषणा « Arthapath.com
२३ मंसिर २०७७, मंगलवार

लुम्बिनी विकास बैंकको १० प्रतिशत लाभांश घोषणा



काठमाडौं । लुम्बिनी विकास बैंकले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीहरूलाई वितरण गर्ने १० प्रतिशत लाभांश घोषणा गरेको हो ।

बैंकको आज मंगलबार बसेको सञ्चालक समितिको बैठकमा आर्थिक वर्ष २०७६÷०७७ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई ७ प्रतिशत बोनस शेयर र ३ प्रतिशत नगद गरी कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण गरिनेछ ।


प्रतिक्रिया दिनुहोस्