थप १०५६ जनामा कोरोना, १२ हजार २४५ जना सक्रिय संक्रमित
काठमाडौं । नेपालमा थप १०५६ जनामा कोरोना संक्रमण देखा परेको छ । यो सहित नेपालमा कुल संक्रमितको संख्या २ लाख ४४ हजार ४३३ पुगेको छ । त्यस्तै, १४८३ जना कोरोना संक्रमणमुक्त भएर घर फर्किएका छन् । यो सहित संक्रमणमुक्त हुनेको संख्या २ लाख ३० हजार ५३७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै, बुधबार थप १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ६ सय ५१ पुगेको मन्त्रालयले जनाएको छ ।
६ हजार २८६ जनाको पिसिआर परीक्षण गरिएको हो । नेपालमा हालसम्म १८ लाख ५ हजार ९७२ जनाको पिसिआर परीक्षण भएको छ । हाल क्वारेन्टाइनमा ५२५ रहेको मन्त्रालयले जनाएको छ । नेपालमा हालसम्म कुल संक्रमितमध्ये १२ हजार २४५ जना सक्रिय संक्रमित छन् ।















