एनआईसी एशिया बैंकले यी २ कम्पनीको शेयर लिलामी बिक्री गर्दै, कुनको कति कित्ता ? « Arthapath.com
२५ मंसिर २०७७, बिहीबार

एनआईसी एशिया बैंकले यी २ कम्पनीको शेयर लिलामी बिक्री गर्दै, कुनको कति कित्ता ?



काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको २ वटा कम्पनीको संस्थापक समूहको शेयर आजबाट लिलामीमा बिक्री खुल्ला गरेको छ । बैंकले नागरिक लगानी कोषको २ लाख २ हजार ५ सय ६० कित्ता र नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १ लाख २५ हजार ७ सय २६ कित्ता संस्थापक समूहको शेयरहरू लिलाम बढाबढ गरी बिक्री गर्न लागेको हो ।

नागरिक लगानी कोषको मूल्य २ हजार ३६२ र नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड ५०५ रुपैयाँ पर कित्ताका दरले बिक्री गर्ने भएको हो । आजबाट पुस १ गतेसम्म बोलपत्र पेश गर्नुपर्ने रहेको छ । लगानीकर्ताले न्युनतम १ सय कित्ता र अधिकतममा १० ले भाग जाने गरि सबै कित्ताको लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।


प्रतिक्रिया दिनुहोस्