शुक्रबार थप १०४४ जनामा कोरोना संक्रमण, उपत्यकामा ५४१ जना संक्रमित थपिए

काठमाडौं । शुक्रबार पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार ४४ जनामा कोरोना संक्रमित भेटिएका छन ।योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ४६ हजार ६ सय ९४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यसैगरी आज १ हजार २ सय ७१ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै निको हुनेको संख्या २ लाख ३२ हजार ८ सय ७२ पुगेको छ ।
त्यस्तै शुक्रबार थप ११ जना कोरोना संक्रमितको ज्यान गएको छ । योसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ६ सय ७४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।
पछिल्लो २४ घण्टामा देशभर ७ हजार ४ सय १४ जनाको पिसिआर परीक्षण भएको छ ।नेपालमा हालसम्म १८ लाख २० हजार ६ सय १८ जनाको पिसिआर परीक्षण भएको थियो । नेपालमा हालसम्म कुल संक्रमितमध्ये १२ हजार १४८ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा काठमाडौं २३६ महिला र ३०५ पुरुष गरी ५४१ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै उपत्यकामा एक लाख १४ हजार ९५० जना व्यक्ति संक्रमित भएका छन ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ४०२ , ललितपुरमा १०५ र भक्तपुरमा ३४ जनालाई कोरोना संक्रमण देखिएको छ । त्यसैगरी, आज काठमाडौंमा ३ र ललितपुमा २ जना गरी ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।