आज १०४४ जनामा कोरोना, सक्रिय संक्रमित १२,१४८

काठमाडौं । नेपालमा थप १ हजार ४४ जनामा कोरोना संक्रमण देखिएको छ । यो सहित नेपालमा कुल संक्रमितको संख्या २ लाख ४६ हजार ६ सय ९४ पुगेको छ ।
त्यस्तै, शुक्रबार १ हजार २७१ जना कोरोना संक्रमणमुक्त भएर घर फर्किएका छन् । योसहित निको हुनेको संख्या २ लाख ३२ हजार ८७२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । शुक्रबार थप ११ जना संक्रमितको मृत्यु भएको छ । योसहित मृतकको संख्या १ हजार ६ सय ७४ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ७ हजार ४ सय १४ जनाको पिसिआर परीक्षण भएको छ । नेपालमा हालसम्म १८ लाख २० हजार ६१८ जनाको पिसिआर परीक्षण भएको छ । नेपालमा हालसम्म कुल संक्रमितमध्ये १२ हजार १४८ जना सक्रिय संक्रमित छन् ।