चिलिमेको शेयरमूल्य समायोजन, कति छ समायोजित मूल्य ? « Arthapath.com
२९ मंसिर २०७७, सोमबार

चिलिमेको शेयरमूल्य समायोजन, कति छ समायोजित मूल्य ?



काठमाडौं । मंसिर २९ गते नेपाल स्टक एक्सचेञ्जले चिलिमे हाइड्रोपावर कम्पनीको शेयरमूल्य समायोजन गरेको छ । कम्पनीले साधारण सभा तथा लाभंश वितरण प्रयोजनार्थ बुकक्लोज गरेसँगै नेप्सेले मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।

कम्पनीको १० प्रतिशत बोनस शेयर समायोजन पश्चात शेयरमूल्य प्रतिकित्ता ५७० रुपैयाँ कायम भएको छ । मंसिर २८ गते कम्पनीको शेयर प्रतिकित्ता ६२७ रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।

कम्पनीले १० प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियो । सो लाभांश पारित गर्न कम्पनीले पुस १२ गते २४ औँ वार्षिक साधारण सभा बोलाएको छ ।


प्रतिक्रिया दिनुहोस्