चन्द्रागिरीमा मिनिट्रक दुर्घटना, दुई जनाको घटनास्थलमै ज्यान गयो

काठमाडौं । चन्द्रागिरीमा मिनिट्रक दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै ज्यान गएको छ ।
ज्यान गुमाउनेमा तामाङ मरिण कन्ट्रक्सनका एकाउन्टेन अन्दाजी २३ र२४ वर्षका सिन्धुली घर भएका मनिष कार्की र ट्रक चालकको ज्यन गएको प्रहरीले जनाएके छ ।
चन्द्रागिरी नगरपालिका–२ स्थित मसिने भीरमा ना २ क ३२३ नम्बरको मिनिट्रक सडकबाट ८०० मिटर तल खसेको हो । के कारणले दुर्घटना भएको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।