नुवाकोटमा राजवादीहरूको वृहत प्रदर्शन, राप्रपा अध्यक्ष डा.लोहनीले गरे सम्बोधन

नुवाकोट । राजसंस्था र हिन्दु राष्ट्र पुनस्र्थापनाको माग गर्दै राजावादीहरुले आईतवार नुवाकोटमा प्रदर्शन गरेका छन् । नुवाकोटको सदरमुकामस्थित लोकतान्त्रीक चौतारोबाट सुरु भएको मोटरसाइकल र्याली बट्टार क्याम्पसमा पुगेर कोण सभामा परिणत भएको हो ।
हजारौं राजावादीहरुको सहभागिता रहेको प्रदर्शनमा गणतन्त्रको खारेजी र संबैधानीक राजतन्त्र तथा हिन्दु राष्ट्र पुनस्र्थापना गर लगायतका नारा लगाएका थिए । सहभागीहरुले नेपालको राष्ट्रीय झण्डा र राप्रपाको झन्डा लिएर मोटरसाइकल तथा गाडीमा राजतन्त्र र हिन्दू राष्ट्रको पक्षमा नाराबाजी गरेका थिए ।
कोणसभामा बोल्दै प्रमुख अतिथी पुर्वअर्थमन्त्री एवम राप्रपा केन्द्रीय अध्यक्ष डा। प्रकाशचन्द्र लोहनीले विदेशी शक्तिको आडमा दलहरुले मुलुकलाई धर्म निरपेक्षता र राजसंस्थालाई पाखा लगाएको बताउदै राष्ट्रिय एकता र मुलुकको राष्ट्रियताका लागि राजसंस्था पुनस्र्थापना गर्नुपर्नेमा जोड दिनुभयो।
यस्तै वरिष्ठ अधिवक्ता वालकृष्ण न्यौपानेले राजसंस्थाको पुनःस्थापना भएपछि मुलुकमा स्थायी शान्ति, बाह्य हस्तक्षेप र अह्रन खटन नियन्त्रण हुने भन्दै आफ्नो भविष्य खोज्न राजसंस्था स्थापना हुनु पर्नेवताउनु भयो ।
पछिल्लो समयमा नेताहरूको काम कारबाही प्रति जनताहरूको वितृष्णा बढ्दै गएकोले राजतन्त्र पुर्नबहालीको माग गर्दै प्रर्दशन गरिएको राप्रपा नेता जनकराज पाठकले जानकारी दिनुभयो ।
प्रदर्शनमा सहभागीहरुले मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि राष्ट्रियता कमजोर हुँदै गएको र भ्रष्टाचार मौलाएको हुँदा मुलुकको अस्तित्व संरक्षणका लागि हिन्दु राष्ट्रसहित राजतन्त्र पुर्नस्थापना हुनुपर्ने माग गरेका छन् ।सभा लाइ राप्रपा केस राजु लोहनी,झनक प्याकुरेल ले सम्वोधन गर्नु भयको थियो।सभा राप्रपा जिल्ला अध्यक्ष कुल वा खडगि को अध्यक्षतमा सम्पन्न भयको थियो ।