नेप्से ५.७५ अंकले घटेर २०६१.४१ मा बन्द, ६ अर्ब ६ करोड रुपैयाँको कारोबार « Arthapath.com
३० मंसिर २०७७, मंगलवार

नेप्से ५.७५ अंकले घटेर २०६१.४१ मा बन्द, ६ अर्ब ६ करोड रुपैयाँको कारोबार



काठमाडौं । मंगलबार शेयर बजारमा सामान्य गिरावट देखिएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार मंगलबार शेयर कारोबार मापक नेप्से परिसूचक ५.७५ अंकले घटेर २०६१.४१ मा बन्द भएको छ । मंगलबार नेप्से ०.२८ प्रतिशतले घटेको छ । यस्तै सेन्सेटिभ परिसूचक ०.७४ अंकले घटेर ३८७.४२ मा पुगेको छ ।

कूल २०५ वटा कम्पनीको ९७ लाख ५५ हजार ५ सय ४७ कित्ता शेयर खरिदबिक्री हुँदा ६ अर्ब ६ करोड ९३ लाख ३१ हजार ६ सय ८७ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ । त्यसैगरी, स्टकका अनुसार कारोबार भएका कूल १२ उपसमूह मध्ये आज ३ वटा उपसमूहको शेयर बढेको छ भने बाँकी ९ वटा उपसमूहको शेयर घटेको छ ।

सोमबार, नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) ५६.७२ अंकले बढेर २०६७.१७ अंकमा बन्द भएको थियो । सोमबार ७ अर्ब २० करोड ४१ दलाख ३६ हजार ९२३ रुपैयाँको कारोबार भएको थियो ।


प्रतिक्रिया दिनुहोस्