वरुण हाइड्रोपावरको पुस २६ गते साधारण सभा, ५.२६ प्रतिशत लाभांश दिने « Arthapath.com
३० मंसिर २०७७, मंगलवार

वरुण हाइड्रोपावरको पुस २६ गते साधारण सभा, ५.२६ प्रतिशत लाभांश दिने



काठमाडौं । वरुण हाइड्रोपावरले ५ प्रतिशत बोनस सेयर दिने भएको छ । कम्पनीको आइतबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट ५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.२६ नगद गरि कुल ५.२६ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

कम्पनीले लाभांश अनुमोदन गर्न पुस २६ गते वार्षिक साधारण सभा गर्ने निर्णय पनि गरेको छ । सभाबाट लाभांश प्रस्ताव पारित भएपछि वितरण प्रक्रिया अघि बढ्नेछ ।


प्रतिक्रिया दिनुहोस्