एकल महिला सस्था नुवाकोटको अध्यक्षमा लक्ष्मी फुयाल चयन

नुवाकोट । मानव अधिकारको लागी महिला एकल महिला सस्था नुवाकोटको अध्यक्षमा लक्ष्मि फुयाल चयन हुनु भएको छ ।
सस्थाको हिजो सम्पन्न भएको पहिला अधिबेशनले फुयालको अध्यक्षतामा सर्बसम्मत रुपमा नयाँ कार्य समिति चयन गरेको हो । सस्थाको उपाध्यक्षमा गङ्गा बोगटि, सचिबमा रुपा थापा, सहसचिबमा रेणु खतिवडा र कोषाध्यक्षमा शान्तिदेबि प्रदान चयन हुनु भएको छ । यस्तै सदस्यहरुमा दिलकुमारि रिमाल, सुपानि तामाङ, देबकि लामा, जानुका थापा, देबकि पौडेल, सानुकान्छि अधिकारी र सबिना पाण्डे रहनुभएको छ ।
साथै सस्थाको सल्लाहकारहरुमा राज्यलक्ष्मि श्रेष्ठ पाण्डे, राजकुमार आचार्य र नारायण प्रसाद नेपाल रहनुभएको छ । सस्था २०६४ सालमा जिल्ला प्रशासन कार्यलयमा दर्ता भइ जिल्ला भरि एकल महिलाको क्षेत्रमा विभिन्न कार्य गर्दै आएको निबर्तमान अध्यक्ष देबकि पौडेलले बताउनुभयो । जिल्लामा हाल १६ हजार ७ सय एकल महिला यश सस्थामा आबद्द रहेका छन ।