सानिमा बैंकको ८.५० प्रतिशत ब्याजदरमा ऋणपत्र आजदेखि खुल्ला « Arthapath.com
१ पुष २०७७, बुधबार

सानिमा बैंकको ८.५० प्रतिशत ब्याजदरमा ऋणपत्र आजदेखि खुल्ला



काठमाडौं । सानिमा बैंकको आजदेखि ऋणपत्र निष्कासन खुल्ला भएको छ । बैंकले ४० लाख युनिट ऋणपत्र बिक्री खुला गरेको हो । जसमध्ये २४ लाख इकाई ऋणपत्र भने बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्ने छ । बाँकी १६ लाख इकाई सर्वसाधारणका लागि खुला गरेको हो ।

सामूहिक लगानी कोषलाई ८० हजार इकाई छुट्याएको छ । सर्वसाधारणले बाँकी १५ लाख २० हजार इकाईका लागि आवेदन दिन सक्ने छन् । यस ऋणपत्रमा वार्षिक ८.५० प्रतिशत ब्याजदर पाइनेछ ।

बैंकले प्रतिइकाई १ हजार रुपैयाँ दरमा ४ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्न लागेको हो । यसमा न्यूनतम २५ इकाईदेखि अधिकतम १६ लाख इकाईसम्म आवेदन दिन सकिने छ । बैंकले १० वर्ष अवधिको ‘८.५०५ सानिमा डिबेन्चर २०८७’ नाममा ऋणपत्र जारी गरेको हो । बिक्री प्रबन्धकको काम एनआइसी एसिया क्यापिटलले गर्ने छ । यो ऋणपत्रमा छिटोमा पुस ५ गते सम्म आवेदन दिन सकिनेछ । त्यस अवधिमा आवश्यक मात्रामा बिक्री नभएमा भने पुस १५ गतेसम्म भर्न सकिने छ ।

facebook sharing button
messenger sharing button
wechat sharing button
sharethis sharing button


प्रतिक्रिया दिनुहोस्