चन्द्रागिरीको आइपीओमा आवेदन दिने आज अन्तिम दिन, मंगलबारसम्म ४.२८ गुणा बढी आवेदन « Arthapath.com
१ पुष २०७७, बुधबार

चन्द्रागिरीको आइपीओमा आवेदन दिने आज अन्तिम दिन, मंगलबारसम्म ४.२८ गुणा बढी आवेदन



काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले मङ्सिर १७ गतेदेखि आयोजना प्रभावित स्थानीयको लागि आईपिओ बिक्रि खुला गरेको हो । कम्पनीले आयोजना प्रभावित स्थानीयको लागि प्रति कित्ता १ सय रुपैयाँ अंकित दरका ३ लाख ६ हजार ८ सय १९ कित्ता शेयर निष्काशन गरेको हो ।

आईपिओमा मंगलबार बेलुका ५ बजेसम्ममा ३५ सय ५८ आवेदकबाट १३ लाख १५ हजार ६ सय ६५ कित्ताको लागि आवेदन परेको बिक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले जनाएको छ । यो माग भन्दा ४.२८ गुणा बढी रहेको छ ।


प्रतिक्रिया दिनुहोस्