६.२ अंकले घटेको नेप्से कारोबार ५ अर्ब माथि « Arthapath.com
२ जेष्ठ २०८२, शुक्रबार

६.२ अंकले घटेको नेप्से कारोबार ५ अर्ब माथि



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ६.२ अंकले घटेको हो । बुधबार ५ अर्ब १४ करोड ४६ लाख ७५ हजार ५७८ रुपैयाँको कारोबार भएको छ । बुधबार १९९ कम्पनीको १ करोड ५५ लाख भन्दा बढि कित्ता शेयर खरिद बिक्री भएको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार मंगलबार शेयर कारोबार मापक नेप्से परिसूचक ५.७५ अंकले घटेर २०६१.४१ मा बन्द भएको थियो । मंगलबार नेप्से ०.२८ प्रतिशतले घटेको थियो ।

कूल २०५ वटा कम्पनीको ९७ लाख ५५ हजार ५ सय ४७ कित्ता शेयर खरिदबिक्री हुँदा ६ अर्ब ६ करोड ९३ लाख ३१ हजार ६ सय ८७ रुपैयाँको कारोबार भएको थियो ।

सोमबार, नेपाल स्टक एक्स्चेञ्ज ५६.७२ अंकले बढेर २०६७.१७ अंकमा बन्द भएको थियो । सोमबार ७ अर्ब २० करोड ४१ दलाख ३६ हजार ९२३ रुपैयाँको कारोबार भएको थियो ।


प्रतिक्रिया दिनुहोस्